कोरोना नेपाल : थप ३ हजार ९३ जनामा कोरोना पुष्टी, सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार नाघ्यो

सेयर गर्नुहोस्

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ३९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ५९ को पीसीआर नमूना परीक्षण गर्दा ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका हुन ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । काठमाडौं उपत्यकाका आज १ हजार ७ सय २ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ४ सय ३१ जना, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ ।

जसमध्ये १३ हजार ५ सय ५९जना संस्थागत आइसोलेसनमा र २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन ।

देशभर ४ हजार २ सय २० जना क्वारेन्टिनमा रहेका छन । मंगलबार २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

योसहित संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण पहिचानका लागि १३ लाख १४ हजार ७ सय ७९ वटा पीसीआरको नमूना परीक्षण गरिएको छ ।

कोरोना भाइरस संक्रमणवाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

Jagaran Post ४ कार्तिक २०७७, मंगलवार १७:३०

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

Jagaran Post १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

Jagaran Post ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

Jagaran Post ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

Jagaran Post ३ भाद्र २०७७, बुधबार ०६:०२