बरिष्ठ नेताहरुको आगमनले राष्ट्रियसभाको गरिमा बढ्छ- राष्ट्रियसभा अध्यक्ष
मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै विशिष्ट महत्व र परिचय रहेको छ । संविधान कार्यान्वनकै क्रममा पहिलोपटक भएको राष्ट्रियसभा निर्वाचनपछि २०७४ फागुन ३० गते नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) अर्थात् तत्कालीन नेकपा (एमाले) का तर्फबाट सभाका अध्यक्षमा निर्वाचित गणेशप्रसाद तिमिल्सिना संविधानका सबै उद्देश्यप्राप्तिका लागि आर्थिक समृद्धिलाई पहिलो आवश्यकता ठान्नुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका उहाँसँग गण्डकी प्रदेशका पर्वत, बाग्लुङ र मुस्ताङ जिल्लामा राजनीतिक नेतृत्व तथा तत्कालीन गाउँ विकास समिति र जिल्ला विकास समितिमा जनप्रतिनिधिका रुपमा नेतृत्व गरेकोसमेत अनुभव थप पढ्नुहोस् ...