नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि
काठमाडौँ : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १७.३१ बिन्दुले वृद्धि भई दुई हजार ३३२.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१८ ले वृद्धि भई ४४५.६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोवार रकम रु छ अर्बमाथि रहेको छ । कूल २०७ कम्पनीको एक करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर रु छ अर्ब ३१ करोड ४६ लाख थप पढ्नुहोस् ...