शेयर बजारमा २० अंकको गिरावट, कारोबार रकमसमेत घट्यो
काठमाडौँ– दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ। बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ थप पढ्नुहोस् ...