१ अर्ब रुपैयाँभन्दा धेरै राजस्व छली गरेको आरोपमा विभिन्न कम्पनी र व्यक्तिविरुद्ध मुद्दा दायर
१ अर्ब रुपैयाँभन्दा धेरै राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको छ । लुम्बिनी पान मसला तथा गुट्खा उद्योग कृष्णनगरले वितरक तथा थोक वितरकको संलग्नतामा पानकिङ ब्राण्डको सुर्तीजन्य मसलामा नक्कली स्टिकर बनाएर अन्तशुल्क कर छलेको आरोपमा ८७ करोड ५५ लाख ७४ हजार रुपैयाँ विगो दाबी गरेर बारा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मोहम्मद मुसलमानलाई ३३ करोड ५३ लाख रुपैयाँ, पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई २२ करोड ९४ लाख र साइन ट्रेडर्सका भरत अधिकारीलाई २ करोड ३६ लाख रुपैयाँ विगो तथा जरिबाना माग गरि राजस्व छलीको मुद्दा दायर गरिएको जनाएको थप पढ्नुहोस् ...