बजेट संविधानसम्मत : पौडेल
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्धारा निर्देशित भएरै बजेट आएको प्रष्टयाएका हुन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौती दिए । लोककल्याणकारी राज्यको अवधारणाअनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ । महासचिव पौडेलले सरकारले ल्याएको आगामी थप पढ्नुहोस् ...