एनसेलको `कल आयो पैसा पायो´ अफर
एनसेलले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकले रुचाएको अफर ‘कल आयो पैसा पायो’ लाई यो वर्ष पनि निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट दुई रुपैयाँ बोनस प्राप्त गर्नेछन्। यो अफर सोमबारबाट लागू भई तीन महिनासम्म जारी रहनेछ। एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि १० मिनेटसम्म प्रत्येक मिनेटको दुई रुपैयाँको दरले बोनस पाउनेछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्। यसरी प्राप्त बोनस सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार थप पढ्नुहोस् ...