नेयमारलाई बेच्न खोज्दै पीएसजी, युभेन्टसद्वारा किन्न अस्वीकार
फुटबल इतिहासकै सबैभन्दा महंगा खेलाडी हुन् नेयमार जुनियर। २०१७ मा फ्रान्सेली क्लब पीएसजीले २२ करोड युरो हालेर नेयमारलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो। नेयमारले पीएसजीका लागि १४० खेलमा १०० गोल र ६० एसिस्ट गरेका छन्। यद्यपि उनलाई बेच्ने तयारीमा पीएसजी लागेको चर्चा छ। यही बर्खामा उनी अर्को क्लबमा जानसक्ने बताइएको छ। बार्सिलोनामा लियोनल मेस्सीको छायाबाट उम्किन नेयमार पीएसजी आएको आकलन गरिएको थियो। तर, पीएसजीमा पनि उनी केलियन एम्बाप्पेको छायामा परे। गत साल मेस्सी पनि पीएसजीमै आए भने यसै साल एम्बाप्पेले क्लबसँग नयाँ सम्झौता गरे। एम्बाप्पेसँग सम्झौता गर्दा नेयमारले क्लब छाड्ने बाचा गरिएको गाइँगुइँ पनि सुनिएको छ। पछिल्लो समय नेयमारलाई इटलीको क्लब युभेन्टससामु थप पढ्नुहोस् ...