नेपाल सुखद अन्त्यको लक्ष्यमा
नेपालले मंगलबार कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाल र अफगानिस्तानबिचको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । किनभने यसअघि भएको दुई खेलमा लगातार हार व्यहोर्दै नेपाल छनोटबाट बाहिरिसकेको छ । कतारको दोहामा हुने खेलमा नेपाल शुखद अन्त्य गर्ने लक्ष्यमा छ । अफगानिस्तान पनि नेपाललाई पराजित गर्न चाहन्छ । छनोट चरणबाट दुबै खेलमा हार ब्यहोर्दै बाहिरिसकेको अफगानिस्तान नेपाल भन्दा बलियो टिम हो । अफगानिस्तानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको हो । यसअघि नेपालले आक्रामक भन्दा पनि रक्षात्मक खेल खेलेको थप पढ्नुहोस् ...