असार १५- मनै हिलाम्ये !
बिजय ज्ञवाली ३ गन्थन असारमासको दबदबे हिलो छि: मलाई घिन लायो पातली नानीलाई फरिया किन्दा छ बीस रिन लायो । अबेला भयो चरेसको थाल माजु कि नमाजू मुखिया बाको रोपाइँको उर्दी जाऊँ हिंड अमाजू । हलीया दाइले बाँधेको गोरु ढाबरे किलैमा आलीमा बसी के डिठ्ठा बन्छाै झर्दैनाै हिलैमा । गैरी खेत बेची विदेश छोरो बुहारी शहरमा म बूढीको काल काँ गो नि बरै बाँच्दैछु कहरमा । टारीको खेत चल्दैन कुलो आज के गर्ने हो चर्केका घाम बादलु छैन माथि भर पर्ने हो । फुकेको ज्यान मुखिया बा को सुहाउने जुवारी भरे त मेलो देखाउन पर्ला चाँडो गर बुवारी । असारलाई थप पढ्नुहोस् ...