बम बिष्फोटमा मारिएका आफ्ना कार्यकर्ता नभएको बिप्लवको दाबी
काठमाण्डौ : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले सरकारी दमनका कारण आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएको बताएका छन्। सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि तर्क गरेका छन्। विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। विप्लवको विज्ञप्तिमा कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो थप पढ्नुहोस् ...