बलियो सरकारको कमजोर कर्म
चन्द्रशेखर अधिकारी पहिलो वर्षको लेखाजोखा नगरी आसेपासेले तयार गरेको रंगीन प्रतिवेदनमा सरकार रमाइरहेको छ । नेपालको राजनीतिमा सबै पक्षबाट बलियो केपी ओली नेतृत्वको सरकारले यसै साता एक वर्ष पूरा गर्दैछ। यो सबैभन्दा बढी अपेक्षा गरिएको सरकार हो। कार्यकारीमाथि अंकुशको ‘अ’ पनि नभएको र प्रतिपक्ष शिथिल रहेको यो सरकार २०१६ सालको बीपी कोइराला नेतृत्वभन्दा पनि बलियो छ। त्यतिबेला राजाको त्रास थियो। तर केपी शर्मा ओली नेतृत्वको सरकार सबैखाले त्रासबाट मुक्त छ। बिहानीले दिउँसोको संकेत गर्छ भने झैं सरकारको एकबर्से शासन शैली नियाल्दा अल्पमतको जस्तो देखिन्छ। यति ठूलो जनसमर्थन प्राप्त गरेको सरकार काममा व्यस्त नरही प्रतिक्रियात्मक देखिरहँदा जनतामा निराशा छाएको छ। एमाले थप पढ्नुहोस् ...