राजनीति

गृहमन्त्री खाँण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाललाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका थिए । भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो । सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिरहेको भन्दै मन्त्री खाँणले त्यसबारे समेत दाहालसँग परामर्श गरेका थिए । थप पढ्नुहोस् ...

Jagaran Post २१ जेष्ठ २०७९, शनिबार १४:१०

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८