इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ
काठमाडौं- इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तिमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन्। अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन्। पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ। हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन्। उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए। “सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे थप पढ्नुहोस् ...