‘कबिर सिंह’ ले पाँच दिनमै १०० करोड कमायो
बक्सअफिसमा धमाकेदार सफलता हासिल गर्दै अभिनेता शाहीद कपूरको फिल्म ‘कबिर सिंह’ ले प्रदर्शनको पाँचदिन भित्रै १०० करोड क्लबमा प्रवेश गरेको छ । यो फिल्म शाहीद कपूरको करियरमा एकसय करोड कमाउने पहिलो सोलो फिल्म हो । दक्षिण भारतीय सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो कबीर सिंह । ‘अर्जुन रेड्डी’ का निर्देशक सन्दिप वागाले नै हिन्दी भर्जन ‘कबिर सिंह’ को निर्देशन गरेका हुन् । जून २१ मा प्रदर्शन भएको ‘कबिर सिंह’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ र मंगलबार १६.५३ करोड रुप्रयाँ कमाउँदै पाँचौँ दिनसम्म आइपुग्दा १०४.९० करोडको व्यापार गरेको छ । ‘कबीर थप पढ्नुहोस् ...