विमान चिप्लिएर दुर्घटना, यात्रु भने सकुशल
एजेन्सी : अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्। विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेशनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो। विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सीएनएनसँग विमान जमिनमा बेसरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए। उनले आफूहरू पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए। उनले एकछिन त विमान समुद्रमा खसेको हो वा थप पढ्नुहोस् ...