श्री ३ जुद्धशमशेर र उनको ४४ नं.को प्रिय कार
तस्विरमा देखिएको ४४ नं. को हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार जुद्धशमशेर को प्रिय गाडी थियो । यो गाडी मन पर्नुको प्रमुख कारण हिटलरबाट उपहारमा पाएको हुँदा पनि विशेष थियो । चन्द्रशम्शेरका छोरा सिंहशम्शेर बेलायतका लागी राजदुत रहँदा जुद्धशमशेर ले हिटलरलाई भेट्न पठाएका थिए । एक प्रकारले जुद्धशमशेर हिटलरका शुभचिन्तक बनिसकेेका थिए । दौत्य सम्बन्धको तैयारी हुदै थियो । हिटलरले यहि भेट पछि खुशी भएर जुद्धशमशेरलाई आफ्नो कार उपहारमा पठाएका थिए । हुन त त्यतिबेला हिटलरले जुद्धशमशेरलाई अन्य वस्तु पनि उपहारमा पठाएको भनिन्छ तर सो को सम्पूर्ण जानकारी प्राप्त गर्न सकिएन । तर एउटा Astronomical Telescope पठाईएको जानकारी थप पढ्नुहोस् ...