मोदिको सपथको लागि नेपाललाई पनि निम्तो, प्रधानमन्त्री ओली सहभागी हुने
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन नेपाललाई औपचारिक निमन्त्रणा आएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले दोश्रोपटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् । सो समारोहमा भाग लिन नेपाल लगायतका विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीटमार्फत जानकारी दिएका छन् । यसअघि सार्क अध्यक्ष लगायत सदस्य राष्टका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने चलन थियो । तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो । सपथ समारोहका लागि निम्तो आएपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारीमा रहेको श्रोतले जनाएको छ । यद्यपि, भ्रमणको बारेमा औपचारिक कुरा बाहिर आएको छैन थप पढ्नुहोस् ...