विद्यार्थीले पायकपर्ने परीक्षा केन्द्रबाट त्रिविको परीक्षा दिन पाउने
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिन त्रिविले व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि धेरै विद्यार्थीलाई काठमाडौँ जानुपर्ने बाधयता टरेको छ । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा थप पढ्नुहोस् ...