राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवद्वारा सपथ ग्रहण
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले सपथ लिएका छन् । बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा उपाध्यक्ष शिव कोइराला र सिलवाललाई सपथ गराएका हुन् । कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो ।सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयनसँगै असार १८ गते सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्याकाल ४ वर्ष हुनेछ । सपथ कार्यक्रममा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको भन्दै खेल क्षेत्रलाई पनि सरकारले थप पढ्नुहोस् ...