अनपेक्षित नतिजाका कारण दुई किशोरीले गरे आत्महत्या, सुध्रिएको नतिजामा भने अपेक्षित परिणाम
एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् । सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले विष सेवन गरी आत्महत्या गरेकी हुन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन । एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् । त्यस्तै, झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आत्महत्या गरेकी परिवारले थप पढ्नुहोस् ...