भारतमा करीब डेढलाखमा कोरोना संक्रमण फेला
एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमण दिन–प्रतिदिन भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । भारतमा दैनिक एक लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पाँचौँ दिन हो । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण थप पढ्नुहोस् ...