आमाले नपाएको ममता !
झविन्द्र देवकोटा// महेल परेका कपडा, चाउरी परेको अनुहार । ख्वाक, ख्वाक गर्दै बैसाखीको भरमै वल्तिर पल्तिर गर्नु मेरो दैनिकी । बैसाखी विना वरपर गर्न सक्ने अवस्था पनि छैन । बुढो चाउरी परेको शरीरलाई जनतन लतार्दै तल्लो बेसी र उपल्लो गाउँ गर्छु । वर्षामा भित्रै ताल पर्ने र चैतको घामले बिस्कुन सुक्ने फेदीमा रहेको मेरो बुकुरो, सानो बतासलाई पनि थेक्न सक्दैन । छाला झुण्डिएका छन् । अस्थिपञ्जरले ढाकेको मेरो प्राण सुइय... सुइय... गर्दै बाचुञ्जेलको संघर्ष गर्दै छ । यसै प्राण त्याग्न पनि सक्दिन । बुकुरो मुन्तिर बग्ने छहरे खोलो, कलकल बग्ने गरेको आवाज पनि मधुरो सुन्छ । आँखाले पनि छरछिमेक ठम्याउन थप पढ्नुहोस् ...