थोत्रा गाडिलाई विद्धुतिय बस बनाऊँदै राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्रिय आविस्कार केन्द्र थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ। ६ जनाको टोलीले विगत १ महिना देखि पुराना इन्जिन गाडीलाई स्वरुप परिवर्तन गरेर विद्युतीय बनाउन लागिरहेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए। ‘पुराना गाडीको इन्जिन फालेर कभरलाई डेन्टिङ पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको हो,’ पुनले भने। यो गाडी ३ महिनामा तयार हुने उनले जानकारी दिए। यो तरिकाबाट गाडी बनाउन सके गाडी र इन्धन आयात घट्ने, रोजगार बढ्ने र वातावरण पनि स्वच्छ हुने पुनको विश्वास छ। गाडी १५ देखि २० लाखसम्म तयार हुने उनले जानकारी दिए। ‘च्यासीस पुरानैले हुन्छ, राम्रो व्याट्रीको ४ थप पढ्नुहोस् ...