तपाईंको लागि आजको दिन कस्तो रहनेछ ? वि.सं. २०७७ माघ २ गते, शुक्रवार
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्नेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक काम बन्न सक्छ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ। थप पढ्नुहोस् ...