जान्नुहोस रुसी परम्परागत विवाहको बारेमा
जिवा लामिछाने - रुसमा विवाहोत्सवको वेला विवाह दर्ता गराउन दुलहा र दुलही दुवै पक्षबाट कम्तीमा एक-एकजना साक्षी बस्नुपर्छ । साक्षीलाई स्वीदेतेल (свидетель) भनिन्छ भने विवाह दर्ता गर्ने कार्यालयलाई छोटकरीमा जाग्स (загс)। अधिकांश मानिसहरुले शुक्रबार वा शनिबार मात्रै विवाह गर्ने भएकोले बिबाह दर्ताकालागि जाग्समा पालो लिन केहि महिना अगाडी नै नाम लेखाउनु पर्ने हुन्छ । विवाहोत्सवमा दुलहाले कालो सुट लगाएको हुन्छ भने दुलहीले चाहिं निक्खर सेतो विवाहपोशाक । अनि साक्षी बस्नेले चाहिं टाउकोमा रातो फेटा जस्तो लगाउनुपर्दछ भने कांधमा जनै बांधे जस्तो गरेर छड्के रातो पेटी लगाउछन् । दुलहा-दुलही, साक्षीहरु र अन्य आफन्त तथा इष्टमित्रहरु विवाह दर्ता कार्यालय जाग्समा पुग्छन् । थप पढ्नुहोस् ...