नागरिकता कानुनमा गैरआवासीय चासो
कुमार पन्त - “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने मूल मन्त्रका साथ सुरु भएको गैरआवासीय नेपाली अभियानले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । संघको निरन्तरको पहलको प्रतिफलस्वरुप नै ऐन हुँदै संविधानले समेत गैरआवासीय नेपालीलाई पहिचान दिएको छ । गैरआवासीय नेपालीका लागि राजनीतिक बाहेकका सबै अधिकार सुनिश्चित गरेको छ । हाम्रो पूरै माग सम्बोधन नभए पनि जेजति भएका छन्, तिनको शीघ्र कार्यान्वयनको अपेक्षा हामीले राखेका छौँ । तर, संविधान जारी भएको साढे तीन वर्षसम्म पनि संविधानले सुनिश्चित गरेका कुरा नागरिकता कानुनमार्फत् कार्यान्वयनमा ल्याउन विभिन्न नाममा भइरहेको विलम्ब चिन्ताजनक छ । नागरिकताका कानुनको छलफलकै सन्दर्भमा गैरआवासीय नेपालीका हकमा कतिपय अप्रिय लाग्ने थप पढ्नुहोस् ...