मधेसी महिला घरमुली कै भरमा भोट हाल्छन्
विराटनगर : विगत कयौं पटकको निर्वाचनमा मतदान गरिसकेका अधिकांश मधेसी महिलाहरु स्वेच्छाले मतदान गर्न सकेका छैनन्। मधेसी महिलाहरुलाई मतदाता शिक्षा र राजनीतिक दलबारे जानकारी छैन। मधेसी महिलाहरुले मतदानको अघिल्लो दिन घरमुलीले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको बताउछिन् विराटनगर-६की ३८ वर्षीय किरण सहनी। अभिभावकले भनेको पार्टीको चुनाव चिन्हमा मतदात गर्ने गरेको उनले बताईन्। ‘मालिक साहेव’(अभिभावक)ले संरक्षण गरेकाले उनीहरुले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको बताईन्। अभिभावकको सहयोग बिना महिलाले केही गर्न नसक्ने भएकोले अभिभावकको सल्लाहमा मतदान गर्ने गरेको बताउँदै कहिले पनि आफैंले छानेको उम्मेदवारलाई मतदान नगरेको सुनाईन्। मतदानको दिन मतदान केन्द्रसम्म घरबाट लगेर जाने मान्छेले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको थप पढ्नुहोस् ...