असी नब्बे दशकको त्यो फिल्म क्रेज
[caption id="attachment_65701" align="alignleft" width="150"] सुनिल उलक, इतिहासका अध्येता एवं संकलक[/caption] एउटा समय त्यो पनि थियो, फिल्म हलको टिकट काउन्टरको सानो झ्यालमा हात पुर्याउनका लागि घण्टौ लाम बस्न पर्दथ्यो । फिल्म क्रेज यतिसम्म थियो कि कहिले काँही भिडले लाइन होइन धक्कम धक्का रोज्दथ्यो । एकले अर्कोलाई घचेट्दै काउन्टरको झ्याल सम्म पुग्न एक अर्कोलाई ढकेल्न थाल्दथ्यो । कोही बाठो भिडको कुम चढ्दै काउन्टर सामु पुग्दथ्यो । टिकट हातमा बोकेर आउन सक्ने फिल्म कै हिरो झै शान देखाउँथ्यो । कोही सम्पन्न गोजी भरि पैसा भएकाहरु गेटको छेउमा उभ्भिएर ब्लाकियालाई इशारा गर्दथ्यो । १० को टिकट ५० तिरेर तुरुन्तै प्राप्त गर्दथ्यो र भिडको धक्कम थप पढ्नुहोस् ...