खेती गर्न जमिन माग्दै मुख्यमन्त्री कार्यालय अगाडि पुगे कर्णालीका वादी समुदाय
कर्णाली : कर्णालीका वादी समुदाय खेती गर्न जमिन माग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेको १० दिन बितेको छ । सरकारले देशभरका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा दिने तयारी गरिरहेका बेला यहाँका वादी समुदायसँग भने जग्गा नै छैन । जग्गा नै नहुँदा पुर्जा पाउनबाट वञ्चित हुने भन्दै यो समुदाय सङ्गठित आन्दोलनमा उत्रिएको हो । सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान जिल्लाका वादी समुदायका ४४० परिवारसहित धर्नामा बसेका छन् । वादी अगुवा रमेशले भोकभोकै धर्नामा बस्नुपरेको पीडा सुनाए । “आन्दोलन हाम्रो रहर होइन, जग्गाको व्यवस्था गरिदेऊ, हामी गरी खान्छौँभन्दा पनि सरकारले जग्गा दिँदैन”, उनले भने, “दश दिन बित्न लागि सक्दासमेत प्रदेश सरकार थप पढ्नुहोस् ...