संकटग्रस्त नेपाली भाषा
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल ‘भाषा हो सभ्यता हाम्रो, सारा उदय उन्नति जीत वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’ -बालकृष्ण सम १. विषयपरिचय भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाबाटै विविध संस्वृmतिको अभिव्यक्ति हुने र भाषाभित्र अनेक संस्वृmति समेटिने हुँदा यसलाई महासंस्वृmतिका रूपमा लिइन्छ । दैनिक सामाजिक व्यवहारमा विचारको आदानप्रदान भाषाकै माध्यमबाट हुने हुँदा भाषाविना मानिसका सामाजिक व्यवहार एवं व्रिmयाकलाप सञ्चालन हुँदैनन् । मानवद्वारा दैनन्दिन प्रयोग गरिने भाषा मानवजीवनको अनिवार्य एवं अपरिहार्य वस्तु हो । एक हजार वर्ष पार गरिसकेको नेपाली भाषामा उहिलेदेखि अहिलेसम्म थुप्रै व्याकरण र कोशको निर्माणका साथै प्रशस्तै साहित्यिक कृतिहरूको सिर्जना भइसकेको र यसले मानक स्वरूपसमेत ग्रहण गरिसकेको थप पढ्नुहोस् ...