दुई स्थानमा बनेको मौसमी प्रणालीको प्रभावले देशभर चिसो बढ्ने
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली भइ चिसो बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाले तीन दिने सूचना जारी गर्दै नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीमा प्रभाव परेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा दक्षिण–पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको छ । जसका कारण दिनभर मौसम बदली गराउने भएकाले घाम नलाग्ने सम्भावना रहेको छ । मौसमविद् विभूति पोखरेलले मौसममा प्रभाव परेका कारण आज अधिकतम तापक्रम घट्ने र देशभर चिसो बढ्ने अनुमान गरिएको बताईन् । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा बाक्लो हुस्सु थप पढ्नुहोस् ...