चार बर्षमा छ करोड कमाउने “सुब्बा साप” जेलमा !
बिर्तामोड, झापा - चार बर्षमा छ करोड कमाउने "सुब्बा साप" जेलमा पुगेका छन्। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । अख्तियारको साख रसातलमा पुर्याएर आज बिदा हुँदैछन प्रमूख आयुक्त घिमिरे भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उनले २६ लाख ६१ हजार थप पढ्नुहोस् ...