वीरगंजको कोभिड अस्पतालमा थप दुई संक्रमितको मृत्यु
वीरगन्ज : वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए । यस्तै, वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय थप पढ्नुहोस् ...