प्रदेश-२ मा न सरकार फेरिन्छ, न मन्त्री फेरिन्छन – मूख्यमन्त्री राउत
मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दावी गर्नु भएको छ। नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं.२को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री फेरिन्छन। संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पार्नु भयो । यो सरकार सिक्ने क्रममा रहेको र थप पढ्नुहोस् ...