‘सरकारको कामले आगामी निर्वाचनमा आफ्ना बाकस खाली हुने डरले सरकार ढाल्न चलखेल भयो ।’ प्रधानमन्त्री ओली
रुपन्देही । प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालहरु पर्टीबाट बाहिर गएर पार्टी गतिशिल भएको दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै ओलीले उद्देश्य नमिलेका व्यक्तिहरुले पार्टी छोडेर गएपछि पार्टीमा शुद्धिकरण भएको र उत्साह आएको बताए । ‘तीन वर्ष पार्टी निस्प्रभावी भएको थियो । गएको ३ वर्ष हामीले यस्तो आम सभा गर्न सक्दैन थियौं । अहिले जनतामा उत्साह छाएको छ ।’ उनले भने ‘आन्दोलनले शुुद्धिकरण खोजेको थियो । अहिले आँफै महासुद्धिकरण भएको छ ।’ आफूले नेपालको नयाँ नक्शा प्रकाशित गरेपछि टोटो उद्येश्य लिएर हिँडेका व्यक्तिहरु आत्तिएको उनको भनाई थियो थप पढ्नुहोस् ...