बालअधिकारको ग्यारेण्टी गर
नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको छ। देशका मूख्य राजनैतिक दल देखि लिएर क्षेत्रीय राजनीति गर्दै आएका राजनैतिक दलहरुद्वारा गरिने सभासम्मेलन, प्रचारप्रसार र उपस्थितिका लागी बालबालिकाको प्रयोग जति पिडादायी छ, उति नै निन्दनिय पनि छ। यस्ता कार्यमा संलग्न गराउन प्रेरणा दिने सम्बन्धित सवैलाई कारवाहिको दायरामा ल्याउनु आवश्यक छ। बालबालिकासम्बन्धि ऐन २०७५ को नम्बर २३ मा बालबालिका सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको प्रस्तावनामा पनि बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिका सम्बन्धी थप पढ्नुहोस् ...