केपी शर्मा ओली

देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताएका छन् ।

शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताएका हुन् ।

उनले गठबन्धनले लोकतान्त्रिक मूल्य-मान्यता र दलीय व्यवस्थालाई तोडेको बताए । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उनले बताए ।

अध्यक्ष ओलीले भने, ‘अस्वस्थ, अपवित्र, अप्राकृतिक गठबन्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मूल्य-मान्यता तोडेको छ । दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ती कुरालाई तोडेको छ । र एउटा अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको छ । अवलम्बन गरेको छ । यो धेरै गम्भीर कुरा हो लोकतान्त्रिक आन्दोलनका लागि ।

उनले नेपालको चुनाव पद्धति अस्थिरता जन्माउने खालको भएको पनि बताए । उनले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षड्यन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमालेबाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गरे ।

Jagaran Post २ श्रावण २०७८, शनिबार १०:४२

खोज्नुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८