#नेकपा

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने नेता नेपालको धारणा

जनकपुर : नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ ले सोमवार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रूपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे ।

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिस्ट पार्टी भए पनि अहिले पार्टीमा सङ्कट बढ्दै गएको उनको भनाइ थियो ।

भेलामा अर्का नेता घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।

जागरणपोस्ट ३० चैत्र २०७७, सोमबार १९:१८

खोज्नुहोस्

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५