ओलीलाई पाखा लगाउन खोज्दा प्रचण्ड समुह सडकमा पुगेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई
दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनमा जनताको उपस्थिती घट्न थालेपछि नेकपाको प्रचण्ड–माधव समूहले ‘छिमेकी’ गुहार्न थालेको बताएका छन् ।
दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले फुटाउ र राज गर भन्ने प्रवृत्ति भएका प्रचण्डले पार्टीभित्र खेल खेलेर केपी ओलीलाई पाखा लगाउन खोज्दा ओलीले कानुनी र संवैधानिक प्रावधानको प्रयोग गरेर सडकमा पुर्याएको उनको भनाइ थियो ।
नेकपालाई विभाजन गराउने मुख्य कारण प्रचण्डले ओलीविरुद्ध ल्याएको आरोपपत्र रहेको पनि उनले बताए । साथै प्रचण्ड र माधवलाई आफू लोकप्रिय छु भन्ने भ्रम रहेको बताउँदै उनले सो भ्रम निर्वाचनबाट तोडिने बताए ।
लुम्बिनी सरकारको पछिल्लो एक बर्ष: एक वर्षमा एक अर्ब बेरुजु, ७ करोड अनियमितता