#नेकपा

संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाउछौ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

संसदीय दलको नेता चयन भएपछि प्रचण्डले अब चुनौतिको सामना गरेर अगाडि बढ्ने र नयाँ सरकार गठन गर्ने बताएका छन् । नेकपा विधानअनुसार नेकपाका संसदीय दलका नेता नै प्रधानमन्त्रीका उम्मेदवार हुने प्रावधान रहेको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि निम्तिएको नयाँ परिस्थितिअनुसार प्रचण्ड–नेपाल पनि आफ्नो समूहलाई मिलाएर अगाडि बढाउन खोजिरहेका छन् ।

‘संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ,’ प्रचण्डले आजको बैठकमा सम्बोधन गर्दैै भनेका छन्, ‘अहिले चुनौति छन् तर अब हाम्रो सरकार बन्नेछ ।’

जागरणपोस्ट ८ पुष २०७७, बुधबार १५:५८

खोज्नुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६