नेपाली कांग्रेस

कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या साढे आठ लाखभन्दा बढी

काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज भएको बैठकमा समितिका संयोजक रमेश लेखकले उक्त प्रतिवेदन पार्टी सभापति देउवालाई बुझाएका थिए । संयोजक लेखकका अनुसार चार लाख नौ हजार ३३ जनाको नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशील सदस्यता सङ्ख्यामा ७४ दशमलव २६ प्रतिशत पुरुष, २२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव शून्य दुई प्रतिशत अन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिलो प्राप्त भएकाले त्यसलाई टुङ्ग्याउन बाँकी रहेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समिति सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए । उक्त विवाद अब कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले टुङ्ग्याउने बताइएको छ ।

पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य थिए । वि सं. २०७७ फागुन ६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

क्रियाशील सदस्यताको कारण अधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको भए कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात साउन १२ गते गाउँ/नगर वडा अधिवेशन हुने थियो तर समय मै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यस अघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला गरी बुझाइएको छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

Jagaran Post १४ श्रावण २०७८, बिहीबार २१:०६

खोज्नुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६