संसद् विघटन

प्रधानन्यायाधीशलाई अधिवक्ता थापाको सुझाव ‘बिदामा बस्नुभए हुन्छ’

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रश्नमा वरिष्ठ अधिवक्ता शम्भु थापाले उनलाई बिदामा बस्न सुझाव दिएका छन् । अघिल्लो संवैधानिक इजलासमा आफूपनि रहेको भन्दै प्रधानन्यायाधीशले आफ्नो हकमा किन प्रश्न नउठाएको भनेर प्रश्न राखेका थिए । जवाफमा वरिष्ठ अधिवक्ता थापाले उनलाई बिदामा बस्न सुझाव दिएका हुन् ।

आइतबार संवैधानिक इजलासमा बसहका क्रममा वरिष्ठ अधिवक्ता थापाले इजलासमा प्रश्न उठे न्यायाधीशहरू नबस्ने प्रचलन रहेको बताए । उनले नेकपाको एकतालाई खारेज गर्ने मुद्दा हेरेका न्यायाधीश बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएकोमा प्रश्न उठाए । थापाले भने, ‘भारतमा पनि प्रश्न उठ्दा न्यायाधीश नबस्ने गरेको उदाहरण छ ।’

थापाले न्यायाधीशको विषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले यसअघि आफूले पनि प्रतिनिधि सभा विघटनको मुद्दा हेरेको विषय उठाए । ‘मेरोबारे तपाईंको धारणा के छ ?’, उनले सोधे । सोही प्रश्नको जवाफमा थापाले भने, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ ।’

नेकपाको एकतालाई साविकको अवस्थामा फर्काउने फैसला गरेका बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएको विषयमा रिट निवेदक पक्षका वकिलहरु गोबिन्द बन्दी, महादेव यादव, बद्रीबहादुर कार्की र हरिहर दाहालले पनि उठाएका थिए। प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार प्रस्तुत भएका दाबीअनुसार सरकार गठन अस्वीकार गरेको विषयमा सर्वोच्चको संवैधानिक इजलासमा अहिले बहस जारी रहेको छ ।

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार १३:२६

खोज्नुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८