सर्वोच्च अदालतद्वारा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी
काठमाडौं : पशुपतिनाथ मन्दिरमा १ सय ८ किलोको सुनको जलहरी राखेको केही घण्टामा सर्वोच्च अदालतले जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता नीति ढुङ्गाना र प्रदेशसभा सांसद नरोत्तम वैद्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी लगाउने कार्य नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले जलहारी राख्नुको लिखित कारण माग गर्दै सरकार...